क्रिकेटमा सय शतक बनाएका सचिन यस देशमा भने चुके

काठमाडौं, साउन ७ । भारतीय क्रिकेट टिमका पूर्वकप्तान सचिन तेन्दुलकरले क्रिकेटमा थुप्रै रेकर्ड बनेका छन् । तिनमा एउटा हो अन्तर्राष्ट्रिय क्रिकेटमा शतकहरूको शतक । सचिन एक मात्र त्यस्ता खेलाडी हुन् जसले टेस्ट र एकदिवसीय क्रिकेटमा १०० शतक बनाए ।

आफूले खेलेका सबै जसो देशमा शतक बनाएका सचिनले एउटा देशमा भने कहिल्यै एकदिवसीय शतक लगाउन सकेनन् । र त्यो देश हो वेस्टइन्डिज ।

एक दिवसीय क्रिकेटमा मात्रै ४९ शतक बनाएका सचिनले वेस्ट इन्डिजमा भने युआ पनि एक दिवसीय शतक लगाउन पाएनन् । त्यतिमात्र होइन क्यारिबियाली भूमिमा उनले एक मात्र टेस्ट शतक लगाएका छन् ।

वेस्ट इन्डिजमा उनले जम्मा ६ एक दिवसीय खेल खेलेका छन् । तीमध्ये ४ खेलमा उनी ओपनर ब्याट्सम्यानको रूपमा थिए भने ३ खेलमा उनी चौथो क्रममा खेल्न गएका थिए । त्यहाँ उनले बनाएको अधिकतम स्कोर ६५ रन हो । उनले दुई पटक ६५ रन बनाए एक पटक ११० बलमा र अर्को पटक १११ बलमा ।

वेस्ट इन्डिजमा उनको ब्याटिङ औसत ५४.५० रहेको थियो । दुई पटक उनी नट आउट रहे । उनले १९९७ र २००२ मा वेस्ट इन्डिजमा भारतको तर्फबात ब्याटिङ गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!