गृहकार्य नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षक पक्राउ

कास्की, साउन ७ । गृहकार्य नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षक पक्राउ परेका छन् । पोखरा महानगरपालिका–२५, हेम्जामा रहेको हेम्जा बोर्डिङ स्कुलका शिक्षक श्रीराम त्रिपाठीलाई विद्यालयमा अध्यनरत १४ वर्षीय एक बालकलाई होमवर्क नगरेको भन्दै कुटपिट गरेको आरोपमा कास्की प्रहरीले सोमबार पक्राउ गरेको हो ।

शिक्षक त्रिपाठीले कक्षा कोठाभित्रै विद्यार्थीलाई गृहकार्य नगरेको भन्दै कुटपिट गरी घाइते बनाएको आरोप छ । शिक्षकलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

याे पनि पढ्नुस  विदेशीलाई नेपाली नागरिकता दिलाउने वडाध्यक्ष पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार हेम्जामा विद्यार्थीलाई प्रहरीसँग एक दिन कार्यक्रम सञ्चालन गरेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!