स्टार र्‍याप ब्याटल २०१९ को फाइनल आज

कञ्चनपुर, साउन ७ । स्टार प्रोडक्सनको आयोजना तथा सिलिकन एजुकेसन नेटवर्कको मुख्य प्रायोजनमा भईरहेको स्टार र्‍याप ब्याटल २०१९ को फाइनल आज हुदैछ ।

सोमवार भएको प्रतियोगितामा आफ्ना प्रतिशपर्धीलाई पछि पार्दै कैलालीका पिस हार्ट, आर बुद्धाह र कञ्चनपुरका डि. होप फाइनलमा प्रबेश गरेका छन् । सोमवारदेखि सुरु भएको प्रतियोगिता आज सकिँदै छ ।

सुदूरपश्चिममा छरिएर रहेका र्‍यापरहरुलाई प्रोत्साहन गर्ने तथा प्रतिभाको खोजी गर्ने उदेश्यले यो प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल साँझ मिट प्वाइन्ट क्याफेमा हुनेछ ।

याे पनि पढ्नुस  अर्कैको नाममा परीक्षा दिने युवती पक्राउ

कमेन्ट गर्नुहोस्

error: Content is protected !!