दक्षिण कोरियाद्वारा रुसी सेनाको जहाजमाथि सयौं राउण्ड हवाई आक्रमण

सियोल, दक्षिण कोरियाको लडाकु जेट विमानले रुसी सेनाको विमानमाथि चेतावनीमूलक आक्रमण गरेको छ ।
अमेरिकी समाचार एजेन्सी सिएनएनका अनुसार, रसीयन ए ५० कमाण्ड एण्ड कन्ट्रोल सैनिक विमानले दक्षिण कोरियाको आकाशमा अनाधिकृत प्रवेश गरेको भन्दै चेतावनीस्वरुप प्रहार गरेको हो ।

मंगलबार बिहान पूर्वी तटको आकाशमा दक्षिण कोरियाली विमानले ३ सय बढी फ्लेयर्स (तीब्र प्रकाशसहित प्रहार हुने बस्तु) प्रहार गरेको जनाइएको छ ।

दक्षिण कोरियाका सैन्य अधिकारीहरुले रुस र चीनको संयुक्त सैन्य अभ्यास चलिरहेको बेला घटना भएको हुनसक्ने बताएका छन् । उनीहरुले दुईवटा चिनियाँ एज ६ बमवर्षक विमान पनि दक्षिण कोरियाको वायु क्षेत्रको सीमा छोएर गएको बताए । दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार, कुनै विदेशीले कोरियाली वायु सीमामा हस्तक्षेप गरेको यो पहिलो घटना हो ।

मस्कोले आफ्नो विमानले अन्तर्राष्ट्रिय आकाशमा अभ्यास गरेको बताउँदै दक्षिण कोरियाको आकाशमा उडेको कुरा गलत भएको बताएको छ।

घटना पूर्व समुन्द्र (इष्ट सि)मा रहेको एउटा प्रायद्विपको माथि आकाशमा भएको थियो । यसलाई सि अफ जापान पनि भनिन्छ । यहाँ रहेका दुईवटा साना द्विपमा दक्षिण कोरिया र जापानले दावी गर्दै आएका छन् ।

दक्षिण कोरियाली अधिकारीहरुले सीमामा घुसपैठको प्रतिरोधस्वरुप आक्रमण गरेको दावी गरेका छन् ।

दक्षिण कोरियाली सेनाका अनुसार तीन रुसी र दुई चिनियाँ सैनिक विमान कोरियाको पूर्वअनुमति आवश्यक पर्ने आकाशमा मङ्गलवार बिहान प्रवेश गरेका थिए।

हालैका वर्षहरूमा सो स्थानमा रुसी र चिनियाँ लडाकु विमानहरू पसेको घटनाहरू भएका छन्।

तर तीमध्येको एउटा विमान कोरियाली भूभागमाथिको आकाशमा प्रवेश गरेको थियो।

दक्षिण कोरियाका एफ-१५के र एफ-१६के विमानहरूले सो विमानलाई चेतावनी दिएका थिए।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा कार्यालय, न्याश्नल सेक्युरिटी अफिस, का प्रमुख चुङ इयु-योङले रुसको सुरक्षा परिषद्लाई यससम्बन्धमा आवश्यक कदम चाल्न भनेका छन्।

उनले भनेका छन्: “यो अवस्थाका बारेमा हामी धेरै गम्भीर छौँ र यो फेरी दोहरियो भने कडा कदम चाल्नेछौँ।”

चीनले यससम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!