चट्याङ्बाट दुईजनाको मृत्यु

राजविराज, साउन ७ । मंगलबार बिहान सप्तरीमा मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ्मा परेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

खेतमा काम गरिरहेको अवस्थामा चौधरीको र खेतबाट घर फर्किने क्रममा पण्डितको चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चट्याङ् लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि तत्कालै सप्तऋषि अस्पताल लहान लगेकामा उपचारका क्रममा मृत्यु भएको छ ।

याे पनि पढ्नुस  चट्याङ लागेर रुकुम पश्चिममा ९ जना गम्भीर घाइते

खेतमा काम गरिरहेका आफ्ना पतिलाई खाना पुर्याएर घर फर्कने क्रममा चट्याङ् लागेर पण्डितको ज्यान गएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!