महिलाहरुले लगाउँदैनन् रुद्राक्ष, यस्तो रहेछ कारण

साउन महिनालाई शिव आराधनाको महिनाका रुपमा लिइन्छ । त्यसैले शिवजीलाई प्रिय लाग्ने बस्तुहरु यो महिनामा अर्पण गरिने प्रचलन छ ।

शिवजीको एउटा मुख्य गहना भनेको रुद्राक्ष हो । पौराणिक कथा अनुसार, रुद्राक्षलाई शिवजको आँखाको अश्रु अर्थात् आँसुको रुपमा मानिन्छ ।

रुदाक्ष एउटा फलको गुठिल्लो हो । यो वृक्षको सबैभन्दा बढी उत्पादन पूर्वी एशियामा हुने गर्दछ । यो एउटा सदाबहार बनष्पति हो, जसको उचाई ५० देखि ६० फिटसम्म हुन्छ । यसका लामा पात हुन्छ । सेतो फूल हुने रुद्राक्षको बोटमा शुरुमा हरियो र त्यसपछि नीलो हुँदै सुक्दासम्म कालो फल फल्दछ । यसमा काटेको जस्तो लाग्ने धारीहरु हुन्छन् जसलाई रुद्राक्षको मुख भनिन्छ । यो धारिहरु एकदेखि १४ सम्म हुनसक्छन् ।

पौराणिक मान्यता अनुसार, एकमुखी रुद्राक्षलाई अतिशुभ मानिन्छ । दुईमुखे रुद्राक्षलाई भन शिव पार्वतीको संयुक्त रुप मानिन्छ ।

अनिष्ट ग्रहहरुको शान्तिका लागि रुद्राक्षको धारणा निकै महत्वपूर्ण हुन्छ । रुद्राक्षलाई रेशमी रातो धागोमा धारण गरेपछि यस्ता ग्रहहरुको प्रभाव कम हुने विश्वास छ ।

किन लगाउँदैनन त महिला ?

सामान्यतः महिलाहरुले रुद्राक्ष धारणा गर्ने परम्परा छैन । साधु बनेका साध्वीहरुमात्रै रुद्राक्ष ग्रहण गर्दछन् । तर वर्तमान समयमा भने अन्य महिलाहरुले पनि रुद्राक्ष धारण गरेको पाइन्छ ।

पौराणिक मत अनुसार, रुद्राक्ष अति पवित्र बस्तु भएको र महिलाहरुको शरीरमा महिनावारीको बेला बग्ने रक्तश्रावलाई अशुद्द मानिएको कारण रुद्राक्षको प्रयोग बत्तिचत गरिएको थियो । तर अहिले भने कैयन महिलाहरुले यो धारण गर्दछन् ।

गर्भावास्था र महिनावारीको बेला निकालेर राख्ने र अरुबेला लगाउने चलन समेत नभएको होइन ।

धार्मिक प्रवृत्ति भएका मानिसहरुले महिनावारीलाई अहिले पनि अशुद्द अवस्थाको रुपमा हेर्ने हुँदा उनीहरुले रुद्राक्ष धारणा गर्ने विषयमा संकुचित धारणा राख्दछन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!