अमेरिका–भारत सम्बन्धमा संकट आउनसक्ने, अमेरिकी विदेश मन्त्रालयले गर्यो ट्रम्पको बचाउ

वाशिङ्टन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अमेरिका भ्रमणका अवसरमा आयोजित पत्रकार सम्मेलनमा कश्मिर समस्याबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले दुई भारत र अमेरिकाको सम्बन्धमा असर पर्न सक्ने देखिएको छ ।

पत्रकार सम्मेलनमा ट्रम्पले कश्मिर समस्याका कारण भारत र पाकिस्तानले लामो समयदेखि दुख पाएको बताउँदै मध्यस्थता गर्न खोजेको बताएका थिए । ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै यसबारेमा प्रस्ताव राखेको समेत भनेका थिए ।

पत्रकार सम्मेलन लगत्तै भारतको विदेश मन्त्रालयले ट्रम्पको उक्त भनाईको खण्डन गरेको थियो । सोमबा नै विदेश मन्त्रालयले कश्मिर मामिला भारत र पाकिस्तानबीच को समस्या भएको र यसमा तेश्रो पक्षको मध्यस्थता आवश्यक नभएको बताएको थियो । साथै प्रधानमन्त्री मोदीले मध्यस्थताका लागि अमेरिकालाई अनुरोध नगरेको समेत स्पष्ट गरेको थियो ।

याे पनि पढ्नुस  राष्ट्रपति ट्रम्पले हस्तान्तरण गरे तीन महिनाको पुरै तलब स्वास्थ्य निकायलाई

तर अमेरिकाले भने पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पको बयानको बचाऊ गरेको छ । अमेरिकाको विदेश विभागका प्रवक्ताले कश्मिरको विषय भारत र पाकिस्तानको द्विपक्षीय मुद्दा भएपनि अमेरिकाले दुबै देशबीच वार्ताको पहल गर्ने प्रस्तावो स्वागत गर्ने बताएका छन् ।

विदेश विभागले कश्मिरको विषय भारत र पाकिस्तानका लागि चर्चाका मुद्दा भएपनि ट्रम्प प्रशासन यसमा दुबै देशलाई सहयोग गर्न तयार छ ।

विभागले भनेको छ, “हामी दुबै देशबीच तनाव कम गर्न र छलफलको वातावरण बनाउने कोशीसको समर्थन गर्दछौं ।”

कश्मिरको विषयमा अमेरिकी चासोलाई कुटनीतिज्ञहरुले भने निकै गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । भारतीय विदेश मन्त्रालयका पूर्व राजनयिक एलिसा आयर्सका अनुसार, ट्रम्प बिना पूर्व तयारी पत्रकार सम्मेलनमा गएका कारण विवादित बयान सार्वजनिक भएको हो ।

याे पनि पढ्नुस  कश्मीर विवादः पाकिस्तानी प्रधानमन्त्री इमरान खान भन्छन्, युद्ध भए विश्व शक्ति राष्ट्रहरू जिम्मेवार

भारतीय संस्थापन पक्ष र मिडियाले पाकिस्तानलाई अमेरिकाले महत्व नदिएको प्रचार गर्दै आएका थिए । यो अवस्थामा ट्रम्पले कश्मिरको विषयमा पाकिस्तानको प्रस्ताव स्वीकार गरेपछि भविष्यमा यसकारण दुई देशबीचको सम्बन्धमा तनाव आउन सक्ने बताईन्छ ।

भारतले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको कारण कश्मिरका विषयमा वार्ता गर्न नचाहेको बताउँदै आएको र पाकिस्तानले भारतले वार्ता नचाहेको भन्ने आरोप प्रत्यारोपबीच वार्ताका लागि अमेरिकाले पहल गर्दा कश्मिरमा संयुक्त राष्ट्र संघको उपस्थितिमा जनमत संग्रह हुने बलियो सम्भावना हुन्छ । ट्रम्पको बयानले दीर्घकालिन असर पर्न सक्ने भएकोले भारतले यसको तत्काल खण्डन गरेको देखिन्छ ।

याे पनि पढ्नुस  राष्ट्रपति ट्रम्पले हस्तान्तरण गरे तीन महिनाको पुरै तलब स्वास्थ्य निकायलाई

त्यसैले कतिपयले ट्रम्पले बिना तयारी बोलेको बताएका छन् । यद्यपी ट्रम्प प्रशासनले भने सोही कुराको बचाऊ गर्दै पुनः मध्यस्थता र वार्ताको कुरा अगाडि सारेपछि भारतलाई यसले ठूलो झटका दिएको छ ।

मंगलबारका दिन सोही विषयलाई लिएर विपक्षी दलहरुले सदन घेराउ गरेका छन् । प्रधानमन्त्री मोदीले मध्यस्थताका लागि आफूलाई अनुरोध गरेको भन्दै ट्रम्पले सहयोग गर्न तयार रहेको बताएपछि भारतीय विपक्षी दलहरु बिरोधमा उत्रिएका हुन । राज्यसभामा भारतीय कम्युनिष्ट पार्टी र लोकसभामा कांग्रेसले सदनमा हंगामा गरेका छन् । विपक्षीको बिरोधपछि राज्यसभाको कार्यवाही स्थगित भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!