भतिजीलाई बलात्कार गर्ने काका पक्राउ

साउन ७ । आफ्नै काका अर्थात् बुबाका भाईले भतिजीलाई बलात्कार गरेको र बालिका गर्भवती भएपछि घटना सार्वजनिक भएको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा बस्दै आएका काकाले आफ्नै भतिजीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएका हुन् । उनी ८ महिनाकी गर्भवती छिन् । कक्षा ६ मा अध्ययनरत ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २२ वर्षीया एक युवकलाई नियन्त्रणमा लिएको छ ।

सोमबार नियन्त्रणमा लिइएका ती यूवालाई थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेका युवकले आफ्नै जेठा दाजुकी छोरीलाई बलात्कार गरेका हुन् । पीडित बालिकाको पेट बढ्दै गएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार पीडकले आफ्नो अपराध स्वीकार गरेका छन् ।

याे पनि पढ्नुस  पत्रकार ओम हमाल पक्राउ

कमेन्ट गर्नुहोस्

error: Content is protected !!