कतिमा कारोबार हुँदैछ सुनको गरगहना ?

काठमाडौं, साउन ७ । साताको तेस्रो दिन मंगलबार पनि बजारमा सुनचाँदीको भाऊमा कुनै परिवर्तन भएको छैन ।

सोमबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, सोमबार तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, सोमबार चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

याे पनि पढ्नुस  आज यस्तो छ सुनको भाऊ

कमेन्ट गर्नुहोस्

error: Content is protected !!