पिआरटी समुहद्वारा ऐश्वर्यको प्रतिवेदन सार्वजनिक

धनगढी, साउन ७ । विश्व विद्यालय अनुदान आयोग समकक्षी पुनरावलोकन समुह (पिआरटी)ले ऐश्वर्य बहुमुखी क्याम्पसको गुणस्तरीय सुनिश्चितता प्रत्यायान (क्यूएए) सम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छ ।

३ वर्ष लागेर तयार गरेको प्रतिवेदन विश्व विद्यालय अनुदान आयोग समकक्षी पुनरावलोकन समुह पिआरटीका संयोजक सुतिती हाडा श्रेष्ठले क्याम्पस ब्यबस्थापन समिति समक्ष प्रतिवेदन सार्वजनिक गरेकी हुन् । ३ वर्षसम्म पटकपटक क्याम्समा पुगेर पुनरावलोकन गरेको बताउँदै संयोजक श्रेष्ठले भनिन्, यहाँको क्याम्पस ब्यबस्थापन समिति, क्याम्पस प्रशासन, विद्यार्थीको असल सम्बन्ध, सकारात्मक सोच र केही गरौं भन्ने भावनाबाट हामी सबैभन्दा बढी प्रभावित भयौं ।

याे पनि पढ्नुस  धनगढीमा बजार अनुगमन, फेला परे म्याद नाघेका खाद्यवस्तु

अनुदान आयोग समकक्षी पुनरावलोकन समूहले दिएका सुझावहरु ऐश्वर्य बहुमुखी क्याम्पसले कल्पना गरेको भन्दा राम्रो सुधार ग¥यो संयोजक श्रेष्ठले भनिन्, प्रतिवेदन विश्व विद्यालय अनुदान आयोग पेश गरेका छौं । विश्व विद्यालय अनुदान आयोगको वडीले दुई–तीन दिनभित्रै ऐश्वर्य बहुमुखी क्याम्पसलाइृ गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) प्रमाणपत्र दिन्छ । देशभरिमा अहिलेसम्म ऐश्वर्य बहुमुखी क्याम्पसलाई गुणस्तरीय सुनिश्चितता प्रत्यायान (क्यूएए) पाउने ३४ वटा क्याम्पसमात्रै रहेको बताईन । उनले भनिन् ऐश्वर्य ३५ देखि ३६ औ क्याम्पस हुने छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख तथा ऐश्वर्य बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष नृपबहादुर वडले ऐश्वर्य बहुमुखी क्याम्पसलाई ऐश्वर्यलाई गुणस्तरीय सुनिश्चितता प्रत्यायान (क्यूएए) पाउने अवस्थासम्म पु¥याउन सबैको योगदान रहेको बताए । सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व प्रमुख डा. हेमराज पन्तले गुणस्तरीय सुनिश्चितता प्रत्यायान (क्यूएए) प्रमाणपत्र नपाउने क्याम्पस देशभरिमा सीमित मात्रै भएको बताए । उनले भने जसमध्य ऐश्वर्य पर्न गैरहेको छ ।

याे पनि पढ्नुस  शक्ति युवा क्लबद्वारा बृहत रक्तदान कार्यक्रमको आयोजना

ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले आफुहरुको सफलताकाका पछाडी क्याम्पस व्यवस्थापन समिति, क्याम्पस प्रशासन र विद्यार्थी सबैको हात रहेको बताए । उनले भने, ‘यो गुणस्तरलाई कुनै कारणले पनि घट्न दिदैनौं ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!