अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

काठमाडौं, साउन ७ । डोटीमा अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको छ। जिल्लाको जोरायल गाउँपालिकका वडा नम्रब ४ को कार्यालयमा गयराती अन्दाजी १२ बजेको समयमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीले अज्ञात समूहको आगजनीबाट झण्डै पाँच लाखको क्षती भएको बताए।

आगजनीबाट वडा अध्यक्षको कार्यकक्षमा रहेको कागजात, फर्निचर र छानो समेत जलेको प्रहरी नायब उपरिक्षक धामीले जानकारी दिए। वडा कार्यालय नजिकै दलालहरु होसियार, भ्रष्टचारी खबरदार, साङ्लो फिलिम चाहिंदैन, भ्रष्टाचार गर्न पाईंदैन, जोरायल गाउँपालिका अध्यक्ष दुर्गा ओझा मुर्दावाद लगायतका नारा लेखिएको पर्चा समेत भेटिएको प्रहरीले जनाएको छ।

याे पनि पढ्नुस  रासनभत्ता थोरै हुँदा डोटीमा बस्न रुचाउँदैनन् प्रहरी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!