जबर्जस्ती गुठीको भवनमा विद्यालय

काठमाडौं, साउन ७ । गुठी संस्थानले पचली भैरव गुठीको नाममा लालपुर्जा भएको जग्गामा भवन नबनाउन पटकपटक पत्राचार गर्दा पनि विद्यालयले जग राखेरै छाड्यो ।

काठमाडौं महानगरपालिकाबाट नक्सापाससमेत नगरी भवन बनाउन थालेपछि गुठियार, सम्पदा अभियन्तालगायतले जगैसम्म भत्काइदिए । नवौं शताब्दीदेखि पुजिँदै आएको पचली भैरवको पोखरी रहेको ठाउँमा टेकुको महेन्द्र सरस्वती सेवा आधारभूत स्कूलले भवन बनाउन लागेको हो ।

गुठीको आदेशलाई समेत पटकपटक अवज्ञा गरेर भवन निर्माण जारी राखेको भन्दै गुठीयारलगायतले भवन भत्काइदिएका थिए । विद्यालयले भने यो ठाउँमा चउर रहेकाले भवन बनाएको दावी गर्दै आएको छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

याे पनि पढ्नुस  गुठी संस्थानले हडप्यो पशुपतिको जग्गा

कमेन्ट गर्नुहोस्

error: Content is protected !!