विप्लव समूहका म्याग्दी इन्चार्ज र सेक्रेटरी पक्राउ

म्याग्दी — प्रहरीले सोमबार साँझ करिब ५ बजे बेनी नगरपालिका–३ भकिम्लीको राखुबेंसीबाट चन्द समूहका म्याग्दी इन्चार्ज कमानसिंह नकाल क्षेत्री ‘विकिरण’ र जिल्ला सेक्रेटरी बाबुलाल शाक्यलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ध १ प २१७० नम्बरको यामाहा मोटरसाइकलमा सवार नकाल र शाक्यलाई बेनी–दरवाङ सडकको चुत्रेनी–सिंगा खण्डमा पर्ने नयापुलबाट भकिम्ली तर्न क्रममा सादा पोसाकका प्रहरीले पक्राउ गरेको हो ।

सादा पोसाकका प्रहरीले पक्राउ गरेपछि प्रहरी कार्यालयबाट भ्यानमा राखी बेनी ल्याइएको थियो ।

चन्द समूहले म्याग्दीमा तीन दिनअघि गाउँ—गाउँका लघुवित्त संस्था विरुद्ध प्रेस विज्ञप्ती जारी गरेपछि प्रहरी सकृय भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!