आज ७ साउन २०७६ मंगलवार यस्तो छ तपाईको राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक जीवनपनि सन्तोषप्रद रहनेछ ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दाम्पत्य जीवन सुखमय हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दबाब र तनाव बढेको महसुस हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक यात्राको योगछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । प्रेमीको सहयोग मिल्नेछ ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा शान्तिको अनुभूति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । सोचेका काम पूरा हुनेछ ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनोरञ्जनमा सहभागी भइएला । रमणीय र सुखद् यात्राको योग छ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । पुनर्मिलनको योग रहेको छ ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । –

कमेन्ट गर्नुहोस्

error: Content is protected !!