ट्रम्पकाे बयानले भारतमा हंगामा, राति नै विदेश मन्त्रालयले दियाे स्पष्टिकरण

काठमाडौं, पाकिस्तानका प्रधानमन्त्री इमरान खानकाे अमेरसका भ्रमणकाे बेला राष्ट्रपति डाेनाल्ड ट्रम्पले दिएकाे बयानले भारतमा ठूलाे तनाव सिर्जना भएकाे छ ।

दुबै देशका कार्यकारि प्रमुखबीच भएकाे द्विपक्षीय वार्तापछि अायाेजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कश्मिर विवादका बारेमा दिएकाे बयानकाे भातीय विदेश मन्त्रालयले खण्डन गरेकाे छ । 

व्हाईट हाउसकाे अाेभल कक्षमा भएकाे ३९ मिनेट लामाे पत्रकार सम्मेलनमा पत्रकारहरुले कश्मिर समस्याका बारेमा प्रश्न राखेका थिए ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अाफुले भारतसँग सार्थक वार्ता गर्न खाेजेकाे र अमेरिकाकाे सहयाेगकाे अपेक्षा गरेका थिए ।

राष्ट्रपति ट्रम्पले दुई साता अघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग भेट हुँदा माेदीले अमेरिकालाई कश्मीर समस्या हल गर्न मध्यस्थताका लागि अनुराेध गरेकाे खुलासा गरे । कश्मिर सुन्दर देश भएकाे र दुबै देशमा सशक्त नेतृत्व भएपनि शान्ति स्थापना गर्न नसकिएकाे बताउँदै अाफ्नाे सहयाेगले अर्थ राख्ने भए मध्यस्थता गर्न तयार रहेकाे बताएका थिए ।

कश्मिर समस्यामा तेश्राे पक्षकाे उपस्थितिकाे बिराेध गर्दै अाएकाे भारतका लागि ट्रम्पकाे बयानले समस्या उत्पन्न हुनसक्ने देखेपछि भारतीय विदेश मन्त्रालयले राति नै यसकाे खण्डन गरेकाे छ ।

भारतीय विदेश मन्त्रालयले माेदीसँगकाे भेटमा मध्यस्थताका लागि कुनै अनुराेध गरेकाे कुरा झुठाे भएकाे जनाएकाे छ । कश्मीर मामिलामा भारतले कसैकाे भुमिका नखाेजेकाे र माेदिले पनि ट्रम्पसँग सहयाेग नमागेकाे भारतले बताएकाे छ ।

अत्यन्तै अनाैपचारिक किसिमले शुरु भएकाे पत्रकार सम्मेलनमा दुबै नेताहरुले पाकिस्तान, भारत, अफगानिस्तान लगायत अन्य विषयमा खुलेर कुराकानी गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!