२० वर्ष अघि हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

कास्की, साउन ६ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–११ (साबिक घान्द्रुक गाविस) बस्ने ३१ वर्षीय मनप्रसाद गुरुङको हत्या गरी फरार रहेका सोही ठाउँका ५६ वर्षीय कुमार गुरुङ पक्राउ परेका छन् ।

मनप्रसाद र कुमारबीच २०५६ माघ ४ गते साँझ हङकङ आईडीको बिषयमा वादविवाद हुँदा कुमारले मनप्रसादको हत्या गरेका थिए । कुमारले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते भएका मन प्रसादको भोलिपल्ट माघ ५ गते बिहान सोही चोटका कारण मृत्यु भएको थियो ।

घटनालगत्तै फरार कुमार करिब १४ वर्ष भारतमा बसेका थिए । त्यसपछि बुबाको मृत्युपश्चात घर फर्केएका उनी ६ वर्ष कास्कीकै विभिन्न स्थानमा लुकेर बसेका थिए । लुकेर बसेकै अवस्थामा उनकै घर ठेगानाबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका गुरुङका बारेमा प्रहरीले थप अनुसन्धान गरिरेको जनाएको छ ।

याे पनि पढ्नुस  श्रीमानको हत्यारासँग पैसा लिएर घटना लुकाउन खोजेको अभियोगमा महिला पक्राउ

कमेन्ट गर्नुहोस्

error: Content is protected !!