ब्वाइज फुट्सलमा श्रीकुल बिजयी

काठमाडौं, साउन ६ । श्रीकुल अन्तर विद्यालय ब्वाइज फुट्सल प्रतियोगितामा नख्खुको श्रीकुल स्कूल विजयी भएको छ । श्रीकुल स्कुलको आयोजनामा भएको खेल भैंसेपाटीस्थित गोल्पोस्ट खेलमैदानमा सम्पन्न भएको थियो । प्रतियोगितामा सहिद धर्मभक्त स्कूल दोस्रो तथा यसश्वी गुरुकुल स्कुल तृतीय भएका थिए । उपत्यकाव्यापी यस प्रतियोगितामा कक्षा ८, ९ र १० का २३ वटा विद्यालयका २५ वटा टीमले सहभगिता जनाएका थिए ।

केन्द्रिय प्याब्सनका सचिव शिव कार्कीको प्रमुख आतिथ्यमा पुरस्कार वितरण गरिएको थियो । सो कार्यक्रममा र राष्ट्रिय समाचार समितिका वरिष्ठ सम्पादक मोहिनी मिश्र रिसाल, पत्रकार श्याम तन्डुकार, ललितपुर एन–प्याब्सन चेयर राजेश महर्जन, तथा श्रीकुल स्कुलका प्रधानाध्यापक शिवेन्द्र कार्की लगायतले प्रमाणपत्र र मेडल तथा ट्रफि वितरण गरेका थिए । प्रतियोगितामा श्रीकुल स्कुलका अजय राइले उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरेका थिए ।

एक्काइसौ शताव्दीको शिक्षाको चुनौती अध्ययन, अध्यापनसंगै विधार्थीहरुमा सम्पूर्ण शारीरिक विकास अति आवश्यक रहेको अनुभूति गर्दै विगतका वर्षदेखि श्रीकुल विद्यालयले यस्ता प्रतियोगिताहरुको आयोजना गर्दै आएको र आगामी दिनमा पनि यस्ता खेलकूद प्रतियोगिताहरुको आयोजना गरिने विद्यालयका प्रधानाध्यापक शिवेन्द्र कार्कीले जानकारी गराएका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!