विवादमा अफगानी क्रिकेट टिम, पूर्वकप्तान नाइबले लगाए गम्भीर आरोप

काठमाडौं, साउन ६ । अफगानी क्रिकेट टिमले हालै इंग्ल्याण्ड र वेल्समा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा एउटा खेलमा पनि जीत हासिल गर्न सकेन । प्रतियोगितामा एउटा पनि जीत हासिल नगर्दा अफगानिस्तान टिमको चर्को आलोचना पनि भयो । अहिले पनि टिमको प्रदर्शनबारे चर्चा जारी छ । खराब प्रदर्शनकै कारण विश्वकप सकिएपछि गुलबदीन नाइबलाई कप्तानबाट हटाइएको छ । उनलाई उक्त जिम्मेवारीबाट हटाएसँगै राशिद खानलाई तिन आटै फम्र्याटको कप्तानमा नियुक्त गरिएको छ ।

यसैबीच, विश्वकपमा कप्तान रहेका नाइबले अफगानी अनुभवी क्रिकेटरमाथि हार्नुको गम्भीर आरोप लगाएका छन् । उनले सिनियर खेलाडीले जानीजानी खराब खेलेको आरोप लगाएका हुन् । पूर्वकप्तान नाइबले अफगानी पक्रकारको एक प्रश्नमा भनेका छन्, ‘हामी विश्वकपमा बढी समय सिनियर्स खेलाडीमा निर्भर थियौं । तर, उनीहरुले जानीजानी उत्कृष्ट प्रदर्शन गरिरहेका थिएनन् । साथै सिनियर्स खेलाडी हारपछि पनि दुखी हुनुको सट्टा हाँसिरहेका हुन्थे ।’

यस्तै नाइबले विश्वकपमा खेलका क्रममा बलरहरुले आफूले भनेको समर्थन नगरेको आरोपसमेत लगाएका छन् । विश्वकप सुरु हुनु केही समयअघि अश्गर अफगानलाई अटाएर नाइबलाई कप्तानमा चयन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!