यस्तो छ सुनको मूल्य

काठमाडौं, साउन ६ । साताको दोस्रो दिन सोमबार बजारमा सुनचाँदीको भाऊमा कुनै परिवर्तन भएको छैन ।

आइतबार प्रतितोला सुनको मूल्य ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, आइतबार तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, आइतबार चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!