डुबेर ३ वर्षीय बालकको मृत्यु

सर्लाही, साउन ६ । सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको दक्षिण–पश्चिम भेगस्थित धनकौल गाउँपालिका–१, धोबिनियाँ मुसहरी टोल बस्ने सञ्जय माझीका ३ वर्षीय छोरा निरज माझीको पानीमा डुबेर मृत्यु भएको हो । घरनजिकै खेल्ने क्रममा पानीको निकास हुँदा बनेको खाल्डोमा डुबेर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

एक साताअघि जिल्लाको कौडेना गाउँपालिकामा वर्षाको पानी जमेको खाल्डोमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  काठमाडौंको सुन्धारामा होटलबाट खसेर एक महिलाको मृत्यु
error: Content is protected !!