एयरपोर्टबाट मेट्रो चढेर राजदूत निवास गए इमरान खान, अमेरिकामा दशौं हजारलाई सम्बोधन

वाशिङ्टन डिसी । अमेरिका भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नयाँ पाकिस्तानको युग शुरु भएको बताएका छन् ।

पाकिस्तानबाट कतार एयरवेजको विमानमार्फत वाशिङ्गटन डिसी पुगेका इमरान खानले मितव्ययिता अपनाउने घोषणा गरेका थिए ।

सोही प्रतिबद्धता अनुरुप प्रधानमन्त्री खानले होटलमा नबस्ने बताएपछि उनी राजदूतावासमा राजदूत निवासमा बसिरहेका छन् ।

अझ एयरपोर्टबाट समेत उनी स्थानीय मेट्रोमा चढेर राजदूतावास पुगेका थिए ।

अमेरिकामा आज इमरान खान र ट्रम्पबीच वार्ता हुने कार्यक्रम रहेको छ ।

इमरानको मितव्ययिता अहिले व्यापक चर्चाको विषय बनेको छ । पाकिस्तानमा इमरानले अमेरिकामा देखाएको व्यवहार नयाँ पाकिस्तानका लागि ठूलो प्रेरणा बन्ने भन्दै सामाजिक सञ्जालमा प्रशंसा लेखिएको देखिन्छ ।

याे पनि पढ्नुस  कश्मीरको मुद्दालाई लिएर पाकिस्तान अन्तर्राष्ट्रिय अदालतमा !

यसैबीच खानले वाशिङटन डिसीमा पाकिस्तानी नागरिकहरुको भेलालाई सम्बोधन गरेका छन् । हजारौंको संख्यामा जम्मा भएका पाकिस्तानीलाई सम्बोधन गर्दै खानले अब नयाँ पाकिस्तानको युग शुरु भएकोले त्यसमा सहयोग गर्न अपील गरेको डनले जनाएको छ ।

करिब २० हजार जना सहभागी रहेको कम्युनिष्ट इभन्टलाई सम्बोधन गर्दै खानले विगतमा राजनीतिज्ञहरु एकअर्कामाथि हिलो छ्याप्ने र अस्थिर सरकार बन्ने गरेको बताए । “अहिले भने हामी नयाँ पाकिस्तान बनाउन अघि सरेका छौं ।” उनले भने

सही प्रणालीको विकास नहुँदा केही सीमित व्यक्तिले मात्रै पाकिस्तानको सत्ता चलाएकोले समस्या निम्तिएको उनले बताए । ट्यालेण्ट र योग्यता भएर मात्रै हुँदैन, सही व्यवस्था र प्रणाली स्थापना गर्न नसके यसले काम नगर्ने उनले बताए । “म क्रिकेटर पनि हो, पाकिस्तानमा पनि कैयन् राम्रा खेलाडी छन् तर हामी जित्न सकेनौं । किनभने हामीसँग त्यो प्रणाली भएन । राजनीतिमा पनि यस्तै हो, हामीले नयाँ व्यवस्था निर्माण नगरेसम्म हाम्रो अवस्था फेरिन्न” उनको भनाई थियो ।

याे पनि पढ्नुस  पाकिस्तानका विदेशमन्त्रीले नेपालका परराष्ट्र मन्त्रीलाई फाेन गरेपछि...

कमेन्ट गर्नुहोस्

error: Content is protected !!