धोनीको सैन्य प्रेम, जम्मु कश्मिरमा सेनासँग दुई महिना तालिम लिने

नयाँ दिल्ली । भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले सैनिक तालिम लिने भएका छन् ।वेष्ट इण्डिजसँगको खेलमा धोनीको नाम समावेश नभएपछि उनले भारतीय सेनाको तालिम लिने भएका हुन ।

धोनी दुई महिनासम्म भारतीय सेनासँग बिताउने छन् । धोनीले भारतीय सैनिक तालिमका लागि अनुरोध गरेपछि थल सेना अध्यक्ष बिपिन रावतले यसको अनुमति दिएका हुन ।

जागरण दैनिकका अनुसार, धोनीले प्याराशुट रेजिमेण्ट बटालियनबाट तालिम लिने कार्यक्रम छ । यस अन्तर्गतको केही भाग उनले जम्मु कश्मिरमा पुरा गर्ने बताइएको छ । तर धोनी कुनै एक्टिभ अप्रेसनमा भने भाग नलिने बताइएको छ । धोनीलाई भारतीय सेनाले टेरिटोरियल आर्मीमा मानार्थ लेफ्टिनेन्ट कर्नलको पद दिएको छ ।

याे पनि पढ्नुस  सैन्य अभ्यास सकेर दिल्ली फर्किए धोनी

विश्वकपमा धोनीको प्रदर्शनप्रति आलोचना र समर्थन दुबै देखिएको थियो । विश्वकपपछि उनले सन्यास लिने विषयमा पनि निकै चर्चा भएको थियो । तर धोनीले भने सन्यास लिने निर्णय गरेका छैनन । बरु उनले दुई महिनाको विदा लिएर भारतीय सेनासँग समय बिताउने बताएका थिए ।सानैदेखि फौजी (सैनिक) बन्न चाहेका धोनी राँचिमा समेत केन्ट एरिया (सैनिक क्षेत्र)मा निकै समय बिताउने गर्दथे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!