प्रेमिकासँगै सुतेका प्रेमीले अचानकमा बाथरुममा पासाे लगाएपछि…

काठमाडौं । सँगैसुतेका प्रेमी मृत फेला परेपछि प्रमिकाविरुद्द तुलसीपुरमा कर्तव्य ज्यानसम्बन्धि मुद्दा दर्ता भएको छ ।

बाँकेको कोहलपुर नगरपालिका -२ बस्ने २९ वर्षीय रमेश हमाल होटेलको कोठाभित्र झुन्डिएको अवस्थामा भेटिएपछि पूर्वी रुकुम घर भएकी हमालकी प्रेमिका बिमला बिकविरुद्द किटानी जाहेरी परेको हो ।

आरोपीविरुद्द मृतककी श्रीमती अञ्जु बास्तोलाले आइतबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा कर्तव्य ज्यानसम्बन्धि मुद्दा दर्ता गरेकी हुन् । यवतीलाई आइतबार नै १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

‘राति ढ्वाक्क आवाज आयो, हेर्दा त बाथरुमको भेन्टीलेटरमा झुन्डिएको अवस्थामा देखें’ यवतीको भनाई उदृत गर्दै प्रहरी नायब उपरिक्षक प्रेम  बहादुर शाहीले भन्नुभयो । नायब उपरिक्षक शाहीले वास्तविकता भने पोस्टमार्टमको रिपोर्ट आएपछि मात्रै भन्न सकिने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!