सह-ईन्चार्ज बनेका ज्ञवालीकाे गुनासाे- नखाउँ भने दिनभरिकाे शिकार खाउँ भने कान्छा बाबुकाे अनुहार !

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रामकुमार ज्ञवालीले जिल्ला इन्चार्ज चयनप्रति गुनासाे व्यक्त गरेका छन् ।

आफू निरन्तर संगठनमा क्रियाशील रहेपनि जिम्मवारि बाँफाँडमा भने त्याे कुरा नहेरिएकाे उनकाे दुखेसाे छ ।

फेसबुकमा स्टाटस लेख्दै उनले दुखेसाे पाेखेका छन् । उनले लेखेका छन् …

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)केन्द्रीय सचिवालयकाे बैठकले एकीकरणकाे १४महिना पछि जिल्लाकाे ईन्चार्ज र सहईन्चार्ज काे टुंगो लगाएकाेछ।सबै भाग्यमानीहरू लाई हार्दिक बधाई तशा शुभकामना।

“नखाउँ भने दिनभरिकाे शिकार खाउँ भने कान्छा बाबुकाे अनुहार”२०४७ सालमा हालका महासचिव क.बिष्णु पौडेल नेकपा(माले)काे महाकाली अञ्चल ईन्चार्ज भएर जानुहुँदा म कञ्चनपुर जिल्ला कमिटी सचिवालय सदस्य र नेराशिसंगठन कञ्चनपुरकाे अध्यक्ष थिएँ।शिक्षककाे माेर्चामा रहेकोले चुनाव लड्न नचाहँदा पनि पार्टीको निर्णय भनेर २०४८ काे निर्वाचन लडियाे,हारियाे।त्याे बेला पार्टी कमिटीकाे निर्णयमा चल्थ्याे।खटाएको काममा नाईं नास्ति नगरी संगठननै जनताको बल हाे भनेरै लागे पछि २०५१ काे अाम निर्वाचन र २०५४ काे स्थानीय निकायमा कब्जा गरिएको थियोे देशभर।संसदबाट पार्टी बिभाजन गरिए पछिकाे अाेरालाे यात्रामा पार्टीको पक्षमै लागेर संगठन बिस्तारमा लागेको कुरा शायद विस्मृतिमा गैसकेकाेछ। अहिले दुईतिहाई जिताउने हामीलाई पुराना कुरा ?भन्नेकाे त कमी छैन तर याे भाग लगाउने अनुहारमा नयाँ काेही पनि छैन।

याे पनि पढ्नुस  ‘एक व्यक्ति एक पद’तर्फ नेकपा, वामदेव र माधव नेपाल एक ठाउँमा, नयाँ सन्तुलनको चर्चा हल्ला मात्रै

कञ्चनपुरमा पुर्व नेकपा एमाले समूहका बिक्रम शाही ईन्चार्ज बनेका छन् भने सह ईन्चार्जमा देविलाल चाैधरी, लाल बहादुर बिक, राजेन्द्र रावल र रामकुमार ज्ञवालि चयन भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!