२४ जिल्लामा किन ताेकेेेन नेकपाले सहईन्चार्ज ?

काठमाडौँ — पार्टी एकीकरण भएको एक वर्षपछि जिम्मेवारी बाँडफाँट गरिएको सत्तारुढ नेकपाको २४ जिल्ला कमिटी सहइन्चार्जविहीन बनेको छ । जिल्ला कमिटीसरह मान्यता प्राप्त ६ महानगरसहित १८ जिल्लामा सहइन्चार्जहरु नतोकिएको हो ।

आइतबार बसेको नेकपा सचिवालय बैठकले काठमाडौं, दाङ, धनुषा र सिराहमा ९/९ जना सहञ्चार्च तोक्दा ती जिल्लाहरु खाली राखिएको हो।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बन्धित जिल्लामा केन्द्रीय सदस्य नभएका र अर्को जिल्लाबाट लैजान अप्ठ्यारो परेकोले खाली राखिएको बताए।

सहइन्चार्ज नतोकिएका जिल्लाहरुमा ताप्लेजुङ, इलाम, धनकुटा, ओखलढुंगा, सप्तरी, नुवाकोट, काभ्रेपलाञ्चोक, मनाङ, पर्वत, म्याग्दी, मुस्ताङ, नवलपरासी पश्चिम छन्। त्यसै गुल्मी, प्युठान, कालीकोट, हुम्ला, डोल्पा र दार्चुलाले पनि सहइन्चार्ज पाएका छैनन्।

याे पनि पढ्नुस  नेकपा कार्यविभाजनः हेर्नुस् सबै विभागका प्रमुख र उपप्रमुखको नामावली

यसैगरी काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकामा इन्चार्जमात्रै तोकिएका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!