उडिराखेको विमानको पखेटामा मान्छे उक्लिएपछि

काठमाडौँ, साउन ५। नाइजेरियाको लागोस सहरमा विमानस्थलमा उडिराखेको विमानको पखेटामा उक्लिएको आरोपमा एक जनालाई गिरफ्तार गरिएको छ।

अधिकारीहरूका अनुसार त्यहाँको मुर्तला अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अजमान एयरको एउटा विमान उड्ने तयारीमा रहेकोबेला चालक पखेटामाथि उक्लिएको देखेका थिए।

अधिकारीहरूले उक्त घटनापछि यात्रुहरूमा त्रास छाएको थियो । अजमान एयरले जारी गरेको विज्ञप्तिमा अज्ञात व्यक्तिलाई रनवेतर्फ आउंदै गरेको देखेपछि चालकले पहिले इन्जिनको गति कम गरेको र ती मानिस नरोकिएपछि उनले इन्जिन बन्द गरिदिएका थिए।

विमानसेवाले उक्त मानिस एकै छिनपछि विमानको पखेटामा उक्लिएको र त्यहाँबाट क्याबिनमा घुस्ने प्रयास गरिरहेको जनाएको छ। चालकहरूले ती व्यक्तिको जानकारी रेडियोमार्फत दिएपछि उनलाई गिरफ्तार गरिएको जनाइएको छ।

हाल उनलाई प्रहरी नियन्त्रणमा राखिएको र उनीसँग सोधपुछ भइरहेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!