कम्मरमा टेपले बेरी सुन लुकाएर ल्याउने पक्राउ

काठमाडौं, साउन ४ । कालो टेपले बेरी रुमालले कम्मरमा बाँधेर लुकाएर दुई किलो सुन ल्याउने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं छिर्ने प्रमुख नाका नागढुंगा नाकाबाट प्रहरीले चन्द्रागिरि नगरपालिका–२ रसुवा गोसाईकुण्ड गाउँपालिका–५ स्याप्रुबसी घर भएका १७ वर्षीय मिन बहादुर तामाङलाई पक्राउ गरेको हो ।

तामाङले भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५२ नम्बरको बस चेकजाँच गर्ने क्रममा कम्मरमा टेपले बाँधेर सुन ल्याउँदै गर्दा भेटेको थियो । यसबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  १५ किलो चाँदीसहित एक भारतीय पक्राउ

कमेन्ट गर्नुहोस्

error: Content is protected !!