नेकपाले टुंग्यायो सबै जिल्लाको इन्चार्ज र सहइन्चार्ज (नामसहित)

काठमाडौं, साउन ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रियालाई पूर्णता दिन बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन, ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको नाम टुंग्याएको छ । यस्तै बैठकले ६ वटा महानगरपालिकालाई जिल्लासरहको मान्यता दिँदै महानगरमा समेत इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको सचिवालय सदस्य वामदेव गौतमले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको केन्द्रीय विभागका प्रमुखको भने टुंगो लगाउन बाँकी छ । विभागमै सहमति जुटे्न नसकेपछि सो विषयमा भने सचिवालयले मंगलबार छलफल गर्ने बताइएको छ । सचिवालय सदस्य गौतमले विवाद भएका कारण कतिपय जिल्लाले सहइन्चार्ज पाएका छैनन् भने कतिपय जिल्लामा १० जनासम्म सहइन्चार्ज हुने गरी सहमति जुटाइएको छ ।

याे पनि पढ्नुस  प्रचण्डको अध्यक्षतामा बस्ने बैठकले सांगठनिक एकताबारे निर्णय गर्दै

बैठकबाट बाहिर निस्किएको गौतमले विभागमा सहमति जुटिनसके पनि आफू संगठन विभाग प्रमुख बन्ने भन्ने विषय भने पक्का भएको बताए । तर, अर्का सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने संगठन विभाग प्रमुख को बन्ने भन्ने निर्णय हुनै बाँकी रहेको बताए ।

बैठकअघि आफ्ना भागमा परेका विभागमा कसलाई पठाउने भन्ने विषयमा तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रका बेग्लाबेग्लै बैठक सकिएपछि सचिवालय बैठक बालुवाटारमा सुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नुअघि तत्कालीन माओवादी पक्षधर नेकपा अध्यक्ष प्रचण्ड निवासमा र अर्का अध्यक्ष तथा प्रधानमनत्री केपी शर्मा ओली को सरकारी निवास बालुवाटारमा बेग्लाबेग्लै छलफल भएको थियो ।

याे पनि पढ्नुस  पूर्वराजा ज्ञानेन्द्र र पारस शाहका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सांसदको माग

नेकपाका ३२ वटा विभागमध्ये तत्कालीन एमालेको भागमा १८ र माओवादीको भागमा १४ विभाग छुट्टाइएको छ । ७७ जिल्ला इन्चार्जमा भने तत्कालीन एमालेले ४६ र तत्कालीन माओवादीले ३१ जिल्ला पाइसकेका छन् । नाम हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!