वेस्ट इन्डिज विरुद्धको सिरिजका लागि भारतीय टिम घोषणा, को–कोले पाए मौका?

काठमाडौं, साउन ४ । वेस्ट इन्डिज विरुद्धको टि–२०, एकविदसीय र टेस्ट सिरिजका लागि भारतले टिम घोषणा गरेको छ । सिरिजका लागि आज भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले टिम घोषणा गरेको हो । भारतले २ अक्टोबरदेखि वेस्ट इन्डिजविरुद्ध सिरिज खेल्दै छ । उसले वेस्ट इन्डिजसँग तीनतीन खेलको टि–२० र वान डे तथा २ खेलको टेस्ट सिरिज खेल्न लागेको हो । विश्वकप २०१९ पनि दुवै टिमको यो पहिलो सिरिज हो ।

टि–२० का लागि घोषणा गरिएको टिमः विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनिष पाण्डे, ऋषभ पन्त, कुणाल पाण्ड्या, रविन्द्र जडेजा, वासिङटन सुन्दर, राहुल चहर, भुवनेश्वर कुमार, खलिल अहमद, दीपक चहर र नवदीप सैनी ।

वान डेका लागि टिमः विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनिष पाण्डे, ऋषभ पन्त, कुणाल पाण्ड्या, रविन्द्र जडेजा, कुलदीप यादव, युजवेन्द्र चहल, केदार जाधव, मोहम्मद सामी, भुवनेश्वर कुमार, खलिल अहमद, नवदीप सैनी ।

टेस्ट सिरिजका लागि टिमः विराट कोहली (कप्तान), अजिँक्य रहाणे, रोहित शर्मा, मयंक अग्रवाल, केएल राहुल, चेतेश्वर पुजारा, हनुमा बिहारी, ऋषभ पन्त, ऋद्धिमान शाह, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, कुलदीप यादव, इशान्त शर्मा, मोहम्मद सामी र उमेश यादव ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!