लोकसेवाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोष्ट गरे कडा कारबाही

काठमाडौं, साउन ५ । लोकसेवा आयोगले प्रश्नपत्र सामाजिक सञ्जालमा पोष्ट गरेमा कारबाही गर्ने जनाएको छ ।

आयोगले लिखित परीक्षामा प्रश्नपत्र फिर्ता गर्नुपर्नेमा नगरी आफूसाथ लगेमा वा प्रतिलिपि गरी सामाजिक सञ्जालमा पोस्ट गर्ने वा सोही प्रकारका अन्य काम कारबाही गरेमा प्रचलित काूननबमोजिम कारबाही हुने जनाएको हो ।

३ गतेदेखि स्थानीय तहका विभिन्न पदका लागि लिखित परीक्षा सञ्चालन भईरहँदा ४ गतेको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!