बजारमा घट्यो सुनको मूल्य

काठमाडौं, साउन ५ । साताको पहिलो दिन आइतबार बजारमा सुनको भाऊ पाँच सय रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला सुनको मूल्य ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, शुक्रबार तेजावी सुनको मूल्य ६५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आइतबार घटेर बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

शुक्रबार चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज घटेर चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!