नेकपा नेता फूलराम चौधरीको निधन

काठमाडौं, साउन ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कैलाली जिल्ला सदस्य फूलराम चौधरी ‘स्रोत’ को शनिबार राति निधन भएको छ । जानकी गाउपालिका–८ खैरेनीका चौधरी यसअघि पित्तथैलीमा पथरी भएर औषधि सेवन गरिरहेकोमा पछिल्लो एक महिना लगातार ज्वरो आएपछि उपचारका लागि काठमाडौं लगिएकोमा उपचारका क्रममा उनको निधन भएको हो ।

२०५८ सालदेखि भूमिगत राजनीतिमा लागेका चौधरी तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिबेशन आयोजक समिति सदस्य समेत रहेका थिए । उनी २०७० सालको संविधान सभा निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट माओवादीका तर्फबाट स‌ंविधान सभा सदस्य उम्मेदवारमा उठेका थिए । यस्तै २०७४ मा भएको स्थानीय तह निर्वाचनमा जानकी गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए । कराँतेका ग्राजुयशन चौधरीका सन्तानको रुपमा एउटा छोरी छिन् ।

याे पनि पढ्नुस  नेकपाद्वारा ७ प्रदेश कमिटीमा १४ सहइन्चार्ज थप (नामसहित)

कमेन्ट गर्नुहोस्

error: Content is protected !!