दाजुभाई मिलेर आफ्नै मोटरसाईकल जलाए

चितवन, साउन ५ । चितवनको भरतपुर स्थित सुन्दर बस्तीमा गएराति दाजुभाई मिलेर आफ्नै मोटरसाईकल जलाएका छन् । महानगरपालिका–१४ सुन्दरबस्तीमा गएराति मदिरा खाएको अवस्थामा दाजुभाईबीच विवाद हुँदा दुवै मिलेर मोटरसाइकलमा जलाएका हुन् ।

सुन्दर बस्तीका ३० वर्षीय राजु घर्ति र २० वर्षीय कृष्ण घर्तिबीच विवाद हुदाँ दुवैजना मिलेर घरमा रहेको ना २२ प ११३९ मोटरसाइकल जलाएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजनालाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

याे पनि पढ्नुस  प्रहरीको गाडीमा मोटरसाइकल ठोकिदा कैलालीमा दुई जना घाइते

कमेन्ट गर्नुहोस्

error: Content is protected !!