नजिकिँदै न्यून चापीय रेखा, बढ्यो भारी वर्षाको सम्भावना

काठमाडौं, साउन ५ । ठूलो वर्षा गराउने मौसमी प्रणाली मनसुन न्यून चापीय रेखा भारतबाट नेपालतर्फ नजिकिँदै गरेकाले वर्षाको मात्रा पुनः बढ्ने क्रममा रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीकाअनुसार हाल नेपालदेखि दक्षिण रहेको न्यून चापीय रेखा बिस्तारै उत्तर आउने क्रममा छ। त्यसैकारण नेपालमा क्रमशः मौसम बदली र वर्षा हुने क्रम बढ्दै गएको छ। देशको पूर्वी क्षेत्रका केही स्थानमा बिहानैदेखि मेघगर्जनसहित वर्षा भइरहेको र दिउँसो अन्य स्थानमा पनि पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिइन्।

याे पनि पढ्नुस  आजको मौसमः कतै चट्याङ, कतै भारी वर्षाको सम्भावना

‘दिउँसो देशका केही स्थानमा वर्षा हुने सम्भावना छ,’ उनले भनिन्, ‘दिउँसोभन्दा रातितिर बदली अझ सक्रिय हुने देखिएको छ, मध्य र पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ।’ भोलि सोमबारबाट यो क्रम अझ बढ्ने उनको भनाइ छ। किनभने सोमबार राति न्यून चापीय रेखा नेपाल नजिकै आइपुग्ने र पर्सि मंगलबार बिहान नेपालै भित्रिने संकेत देखिएको छ। ‘भोलि रातिदेखि भारी वर्षा सुरु हुने देखिन्छ,’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!