अब अधिकृतदेखि माथिका सबै कर्मचारीको कार्यसम्पादन मूल्यांकन हुने

काठमाडौं, साउन ५ । केही संस्थान र आयोजना प्रमुखको मात्रै कार्यसम्पादन मूल्यांकन हुँदै आएकोमा सरकारले अब अधिकृतदेखि माथि सबै तहका कर्मचारीको कार्यसम्पादन गर्ने भएको छ । कर्मचारीको कार्यसम्पादन मूल्यांकन अंक उच्च देखिने, तर कार्यालयको भने कमजोर भएपछि सरकारले तल्लो तहसम्म नतिजामा आधारित कार्यसम्पादन प्रणाली लागू गरेको हो ।

सरकारको निर्णयअनुसार अब सबै मन्त्रालय, आयोग, प्राधिकरण, सचिवालय र कार्यालय तहसम्म कर्मचारीको कार्यसम्पादन मूल्यांकन हुनेछ । मुख्यसचिवले सचिवको, सचिवले सहसचिवको, सहसचिवले उपसचिवको, उपसचिवले अधिकृत र अधिकृतले त्यसभन्दा तल्लो तहका कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्नेछन् ।

याे पनि पढ्नुस  अख्तियार प्रमुखलाई ‘२०० वर्ष बाँच्‍नू’ भन्दै मालपोतका कर्मचारीद्वारा आत्महत्या

अधिकृतदेखि माथिल्लो पदका कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता नै हुनेछ । केही मन्त्रालयले १ साउनदेखि नै आफूअन्तर्गतका कर्मचारीसँग छुट्टाछुट्टै कार्यसम्पादन करार सम्झौता सुरु गरिसकेका छन् ।

‘आफ्नो कामप्रति जिम्मेवार बनाउन कार्यसम्पादन मूल्यांकनलाई विस्तार गरिएको हो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानाले भने, ‘यसले कर्मचारीलाई नतिजाउन्मुख हुन र अनुशासनमा रहनमा सहयोग पुर्‍याउँछ ।’ लक्षित सेवाग्राहीले सेवा नपाए विभागीय प्रमुखले जिम्मेवारी लिनुपर्ने र ती कर्मचारीको कार्यसम्पादन मूल्यांकनमा कम अंक आउने सचिव ढुंगानाले बताए । कम अंक आउने कर्मचारीलाई बढुवालगायत सुविधामा घाटा हुनेछ । विस्तृत समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

याे पनि पढ्नुस  बेवारिस कर्मचारीलाई प्रदेश पठाउने तयारी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!