मध्यराती उपत्यका ब्यूरो इन्चार्ज माईला लामा पक्राऊ

काठमाडौं । प्रहरीले प्रतिबन्धित विप्लव समूहका काठमाडौं ब्यूरो इन्चार्ज माईला लामालाई पक्राउ गरेको छ ।

माइला लामा काँडाघारीमा रहेको सूचनाका आधारमा प्रहरीले मध्य राती साढे १२ बजे लामालाई पक्राउ गरेको हो ।

माइला लामाको गिरफ्तारीले विप्लव समूहलाई ठूलो झटका लाग्ने देखिन्छ । प्रहरीले लामासँग विप्लव समूहका दस्तावेज र चार वटा मोबाईल सेट समेत बरामद गरेको बताएको छ ।

यसअघि विप्लव समूहका शीर्ष नेता प्रकाण्डको गिरफ्तारीपछि प्रहरीले उक्त समूहका महत्वपूर्ण सूचना फेला पारेको थियो । यसपटक उपत्यका ब्यूरो इन्चार्ज नै पक्राउ भएपछि विप्लव समूहबारे कैयन सूचना प्रहरीले प्राप्त गर्ने देखिएको छ ।

याे पनि पढ्नुस  रवि लामिछाने पक्राउ प्रकरणः एसएसपी सुवेदीलाई ‘भ्रष्ट’ भन्दै गाली गर्ने पक्राउ

विप्लव समूहभित्र प्रभावशाली मानिने लामा तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्ष थिए । पार्टी बिभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए ।

माओवादी जनयुद्धको क्रममा उनका हातका केही औंलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ । उनले सयौं क्रान्तिकारी गीत गाएका छन्, संगीत दिएका छन् र लेखेका पनि छन् । उनले संगीत दिएका धेरै गीतहरुमध्ये नेत्रविक्रम चन्द ९विप्लव०को शब्द रहेको कसले बनायो दाजै उडी जाने बस’ चर्चित छ ।

याे पनि पढ्नुस  विप्लवको निशानामा रहेका मुख्यमन्त्री शाही मोटरसाइकलमा कालिकोट पुगेपछि

कमेन्ट गर्नुहोस्

error: Content is protected !!