सञ्चारमन्त्रीको आग्रहः ‘विप्लवलाई एक रुपैयाँ पनि नदिनू’

काभ्रे, साउन ४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विप्लव समूहका नाममा चन्दा नदिन व्यापारीलाई आग्रह गरेका छन्। शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४०औं वार्षिक साधारणसभामा मन्त्री बाँस्कोटाले विप्लव समूहलाई चन्दा दिए सरकारले मात्र उद्योगी व्यापारीलाई सुरक्षा दिन नसक्ने बताए।

‘उनीहरूले व्यवसायीसँग चन्दा मागेका छन्। तपाईँहरूले दिएको चन्दाबाट उनीहरूले हतियार किनेर तपाईँहरूलाई नै तेर्स्याउने हुन्, मन्त्री बाँस्कोटाले भने, ‘विप्लव समूहलाई एक रुपैयाँ नदिनू।

विप्लव समूहको प्रतिकार गर्ने जिम्मा सरकारको मात्र नभई व्यवसायीहरूको समेत भएको उनको भनाई छ।

कर वृद्धि लगायतका विषयमा नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलन गर्ने चेतावनी दिइरहेका बेला उनले सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!