कक्षा १२ को नतिजा सार्वजनिक मिति तोकियो

काठमाडौं, साउन ४ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक गर्ने मिति तय गरेको छ । बोर्डले २०७६ बैशाख १५ गतेदेखि २६ गतेसम्म सञ्चालित कक्षा १२ को नतिजा यहि साउन तेस्रो सातासम्म सार्वजनिक गर्ने मिति तय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका अनुसार विभिन्न केन्द्रमा सम्परिक्षणको काम धमाधम भइरहेको र डाटा इन्ट्री र रुजु गर्ने कामसमेत सुरु गरिएकाे छ । ‘नतिजा साउन तेस्रो साता वा नभए अन्तिम सातासम्म प्रकाशन गर्ने गरि काम गरिरहेका छौं’ उनले भने । उनका अनुसार यसपटक पनि पहिलेको जस्तै सबै बिषयको नतिजा एकैपटक सार्वजनिक हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!