म जेल जान तयार छुः प्रियंका गान्धी

मिर्जापुर, साउन ४ गते । भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छिन्। गत जूलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी हुन् ।

‘पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु’ उनले ट्विटरमा लेखेकी छिन् । उनले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गरेकी छिन् । आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियङ्काको भनाई छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!