दिल्लीकी पूर्वमुख्यमन्त्री दीक्षितको निधन

एजेन्सी । भारतको दिल्ली राज्यकी पूर्वमुख्यमन्त्री शीला दीक्षितको निधन भएको छ। ८१ वर्षीया शीलाको शनिबार दिउँसो निधन भएको हो। सन् १९९८ देखि २०१३ सम्म शीलाले १५ वर्ष लगातार दिल्लीको मुख्यमन्त्रीको कुर्सी सम्हालेकी थिइन्।

उनको नेतृत्वमा कांग्रेसले दिल्लीमा लगातार चुनाव जितेको थियो। शीलालाई प्रखर महिला वक्ताका रूपमा लिइन्थ्यो।

उनी गत लोकसभा निर्वाचनमा पनि दिल्लीबाट उम्मेदवार बनेकी थिइन्। शीला लामो समयदेखि उनी बिरामी थिइन्।

शीलाको एस्कार्ट अस्पतालमा निधन भएको हो। उनी हाल कांग्रेसकी दिल्ली प्रदेशकी अध्यक्ष पनि थिइन्। दिल्लीको विकासमा शीलाको भूमिका महत्त्वपूर्ण रहेको थियो।

याे पनि पढ्नुस  वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

कमेन्ट गर्नुहोस्

error: Content is protected !!