विप्लवका कार्यकर्ताले गरे वडा कार्यालयमा तोडफोड

दुल्लु, साउन ४ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ताले दैलेखको आठवीस नगरपालिका–१ को वडा कार्यालयमा तोडफोड गरेका छन् । विप्लवका कार्यकर्ताले सात्तलामा रहेको वडा कार्यालयमा शुक्रबार राति २ बजे तोडफोड गरेका हुन् ।

कार्यालयको मुख्य ढोकाको ताला फोड्ने प्रयास भइरहँदा नजिकैको मेडिकलमा बिरामी लिएर गएका १५ जना स्थानीयले देखेपछि तोडफोड गर्न आएको समूह भागेको स्थानीय जनप्रतिनिधि कमला बिकले बताइन् ।

कार्यालयमा आगो लगाउनले खोटोको कुल्पिसमेत बोकेका कार्यकर्ताले स्थानीय देखेपछि उक्त सामाग्रीहरु छाडेर भागेका थिए । विप्लवका कार्यकर्ताहरुले कार्यालयको भित्तामा नेपाल कम्युनिस्ट पार्टी भेरी कर्णाली व्यूरो भनेर प्रर्चा समेत टाँसेका छन् । साथै, वडा कार्यालयको झ्याल र ढोकाहरु फुटेका छन् ।

याे पनि पढ्नुस  विप्लव युवा संघका केन्द्रीय सदस्यद्वारा आत्मसमर्पण

कमेन्ट गर्नुहोस्

error: Content is protected !!