विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टिम सिंगापुर पुग्यो

काठमाडौं, साउन ४ । सन् २०२० मा अष्ट्रेलियामा हुने टि–२० विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टिम सिंगापुर पुगेको छ । विश्वकप छनोट अन्तर्गत एसिया फाइनल अन्तर्गत नेपालले पहिलो खेल कतारविरुद्ध खेल्दै छ । यी दुई टिमबीचको खेल २३ जूलाईमा हुँदैछ ।

यस्तै नेपालले दोस्रो खेलमा मलेसियाविरुद्ध २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जूलाईमा सिंगापुरसँग खेल्ने छ । एसिया फाइनलमा नेपालसहित सिंगापुर, मलेसिया, कतार र कुवेत पनि छन् । एसिया फाइनल खेल्ने पाँच राष्ट्र मध्ये नेपाल मात्र एकदिवसीय मान्यता प्राप्त पाए देश हो । अन्य टिमभन्दा नेपाललाई बलियो मानिएकाले उपाधि जित्दै ग्लोबल छनोटमा पुग्ने आकलन पनि गरिएको छ ।

याे पनि पढ्नुस  यू–१९ एसिया कपः नेपाली टिमको घोषणा, को–कोले पाए मौका?

आईसीसी वरियतामा नेपाल ११ औं स्थानमा छ । नेपालपछि वरियतामा कतार २१ औं स्थानमा छ । यस्तै आयोजक सिंगापुर २३ औं, कुवेत २८ औं र मलेसिया ३५ औं स्थानमा रहेका छ । एसिया फाइनलको शीर्ष स्थानमा रहने टिमले आउँदो नोभेम्बरमा यूएईमा हुने आईसीसी टि–२० विश्वकप छनोटमा स्थान पक्का गर्नेछ ।

क्षेत्रिय छनोटबाट आएका अफ्रिका, अमेरिका, एसिया, युरोप र पूर्वी एसिया प्यासिफिकका राष्ट्रसंगै गत संस्करणको टि–२० विश्वकप खेलेका राष्ट्र हङकङ, आयरल्याण्ड, नेदरल्याण्ड, ओमान, स्कटल्याण्ड, आयोजक युएई र जिम्बाबे गरि १४ राष्ट्रको सहभागिता हुने छन् । विश्वकप छनोटमा शीर्ष ६ स्थान सम्मका राष्ट्रले आगामी बर्ष अस्ट्रेलियामा हुने आईसीसी टि–२० विश्वकपमा सहभागिता जनाउने मौका पाउने छन् ।

याे पनि पढ्नुस  उपकप्तान मल्ल भन्छन्, ‘फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!