स्क्साभेटरले ठक्कर दिँदा मुख्य ब्लास्टरको ज्यान गयो

मुस्ताङ, साउन ४ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ स्थित समरको भीरमा स्क्साभेटरले ठक्कर दिँदा मुख्य ब्लास्टरको ज्यान गएको छ । बिहीबार साँझ सडकको काम गर्दै गरेको अवस्थामा अचानक एक्साभेटरले ठक्कर दिदाँ ४८ वर्षीय दलबहादुर अधिकारीको ज्यान गएको हो । नुवाकोटको टुन्चे गाउँपालिका–९ का दलबहादुरलाई कन्टेक कान्छाराम कोशी एण्ड न्यौपाने जेभीले प्रयोग गरेको एक्साभेटेरले ठक्कर दिएको हो। गम्भीर घाइते अधिकारीको जोमसोम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्काभेटरका चालक प्युठान जिल्ला झिमरुक गाउँपालिका–२ सल्लेरीका २१ वर्षीय विष्णु पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक अधिकारी इजाजत प्राप्त ब्लास्टर हुन्। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बेनी–जोमसोम–कोरला सडकको समरको भीर फोर्ने काममा गत असार ७ गते अघिनै उनी त्यहाँ पुगेका थिए। उनको मृत्यु भएपछि सडक निर्माणको काम प्रभावित भएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!