अस्ट्रेलियामा पशुपतिनाथको मन्दिर बन्दै

अस्ट्रेलिया, साउन ४ । पशुपतिनाथकाे मन्दिर निर्माण गर्ने उद्देश्यले ५० लाख रुपैयाँ संकलन गरिएको छ । नेपाली हिन्दु सोसाइटी अस्ट्रेलियाले सप्ताह महापुराण आयोजना गरी उक्त रकम संकलन गरेको हो ।

महायज्ञबाट करिब ५० लाख नेपाली रुपैयाँ संकलन भएको सोसाइटीका कोषाध्यक्ष प्रकाश ढोडारीले जनाए । उनको अनुसार सिड्नीस्थित रिचमण्डको केराजुङमा निर्माणाधीन मन्दिरका लागि रकम संकलन गरिएको हो । महायज्ञामा १० हजार बढी हिन्दु धर्मावलम्बी सहभागी थिए ।

महापुरामा नेपालबाट आएका जगतगुरु कृष्णदासजी महाराजले योग साधना सिकाएका थिए भने कुवेर सुवेदीले पुराण वाचन गरेका थिए । केराजुङमा दुई वर्षअघि नर्मिाण शुरु भएको पनि आर्थिक अभावले रोकिएपछि थप रकम जुटाउन महापुरा आयोजना गरिएको हो ।  कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!