माधव नेपालदेखि वामदेवसम्मले पाए जिम्मेवारी, अनुशासन विभागमा अमृत बाेहरा

काठमाडौं, साउन ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पूर्व एमाले समूहकाे भागमा परेका विभागकाे नेतृत्व टुंगाे लागेकाे छ ।

पूर्वएमाले समुहका वरिष्ठ नेता माधवकुमार नेपालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् भने गौतमलाई संगठन विभाग प्रमुख तोकिएको छ । खनालले नीति अध्ययन प्रतिष्ठानको नेतृत्व पाएका छन् ।

नेकपामा ३२ विभागमध्ये पूर्वएमालेको भागमा १८ विभाग परेको छ ।  स्कुल र प्रचारि्रसार विभागमा भने सहमति जुटेकाे छैन ।  केही विभागमा पूर्वएमाले र पूर्वमाओवादीका नेताको दोहोरो दाबी छ । स्कुलिङ विभागमा पूर्वएमालेबाट ईश्वर पोखरेल र पूर्वमाओवादीबाट अहिले प्रवक्ताकाे जिम्मेवारी निर्वाह गरिरहेका नारायणकाजी श्रेष्ठको दाबी छ ।

याे पनि पढ्नुस  धकेलिए माधव नेपाल, झलनाथ अब तेस्रो बरियतामा

नेकपाको केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व पनि टुंगो लागेको छ । परिषद् अध्यक्षको जिम्मेवारी पूर्वएमालेबाट केशव बडाल र मञ्चको नेतृत्व पूर्वमाओवादीबाट नन्दप्रसाद प्रसाईंले पाएका छन् । मञ्च र परिषद्मा पूर्वएमालेको एक सय २१ र माओवादीको सय सदस्य रहनेछन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!