अनेरास्ववियूका संयोजक ऐन महरलाई खुलापत्र

गणेश बुढा । आदरणीय संयोजक ऐन महर, क्रान्तिकारी अभिवादन ! अब केही दिनमा केहि विद्यार्थी नेताकार्यकर्ताहरु चन्दा उठाउन नपाएको भन्दै अहिलेसम्मको उधारो नतिरेरै आ–आफ्नो  गाउँ फर्किँने छन् । एकपटकको लागि यो दसैंसम्ममा मात्रै भएपनि फेरि लागू गर्नुपर्ने रे! यो भन्दा अरु लाजमर्दो कुरा अरु के होला र? हामी संगठनको बिधि मान्ने हो कुनै साथीहरूलाई यो निर्णय बिहान गर्दा राम्रो, कसैलाई साँझ गर्दा या कसैलाई राति गर्दा राम्रो हुन्थ्यो भन्दै अमुक तर्क गर्न मिल्दैन ।

चन्दा आतंक मच्चाउने र जहिल्यै पदमा बसिरहने विद्यार्थीका कामहरू गर्दै नगर्ने जुन प्रवृत्ति छ त्यसकाे बिरोध हो। विद्यार्थी आन्दोलनमा सबैभन्दा कमजोर विद्यार्थी लाग्ने र विभिन्न बहानामा राजनीति गरिरहने प्रवृत्तिको अन्त्य गर्न जरुरी छ । यसकाे प्रारम्भ तपाईंले गर्नु खोज्नु भएकोमा हार्दिक धन्यवाद छ ।  विद्यार्थी नेता हुने तर विद्यार्थी नहुने जुन प्रवृत्ति छ त्यसकाे अन्त्य हुन जरुरी छ । वास्तबमा हाम्रो राजनीति यति अव्यवस्थित भएको छ कि यहाँ कसैले कसैलाई आदर सत्कार गर्न सकिरहेका छैनन् । वास्तबमा विद्यार्थी आन्दोलन विद्यार्थीको मुख्य एजेन्डामा बाँच्नु पर्ने हो तर अहिले त शैक्षिक माफियाकरणमा बाँचेको विद्यार्थी आन्दोलनलाई मैले ब्यबस्थापन गर्न सक्छु भन्ने दृढताका साथ अनेरास्ववियू को मात्रै हैन सिङ्गो विद्यार्थी आन्दोलन बचाउने साहस देखाउनु भएकोमा  संयोजक महरलाई धन्यवाद ! तपाईंको नेतृत्वको सिङ्गो विद्यार्थी आन्दोलनले–

१– विद्यार्थी आन्दोलनको बहस सुरु गरेको छ ।

२– स्वबीयू रहने-नरहने कुरामा बहस छ ।

३– स्वबियू चुनाव हुने-नहुने कुराको बहस सुरु भएको छ ।

यदि स्वबियू चुनाव पनि भएन भने विद्यार्थी आन्दोलन कस्तो हुने त भन्ने बहसमा अबको आन्दोलन अगाडि बढिरहेको देखिन्छ । त्यसाे हुँदा हाम्रो संगठनले के कस्तो एजेन्डा बोक्ने हाम्रो संगठनका अबको आन्दोलनको नेतृत्व कसरी गर्ने भन्ने बिसयमा एउटा नयाँ बहसको सुरुवात गर्ने अनुमति चाहन्छु । एउटा बहस अनेरास्ववियूका अबका एजेन्डा यस्ता हुन जरुरी छ–

१– हाम्रो संगठनका केन्द्रिय पदाधिकारी लगायत केन्द्रिय सदस्यका सबैका छोरा-छोरी अनिवार्य सरकारी विद्यालय पढाउनु पर्ने । (हाल अधिकांश विद्यार्थी नेता कार्यकर्ताका छोराछोरी सेन्जिबेयर्स,जेम्स, सिद्दार्थ बनस्थली लगायतमा बिद्यालयमा छन् ।)

२– विद्यार्थी नेता कार्यकर्ता साथीहरूले राजनीतिक नियुक्ति र पिए बस्ने परम्परालाई अन्त्य गर्दै ब्यबस्थापन गर्नुपर्ने बिषयमा र जिल्ला तहबाट नै विद्यार्थीमैत्री कार्यक्रम ल्याइनुपर्ने ।

३– त्रिभुवन विश्वविद्यालयमा जस्तो गरिमामय विश्वविद्यालयमा लगायतमा भइरहेका लुटतन्त्रलाई तत्काल छानबिन गरि त्रिबि विश्वविद्यालय आयोग जस्ता राज्यका महत्त्वपूर्ण संवेदनशिल सस्थाको गरिमा र मर्यादाको बिषयमा गम्भीर छलफल गरेर तत्काल समस्याको समाधानका निम्ति सरकारसङ्ग जोडदार माग गर्ने निर्णयार्थ कार्यान्वयन गर्ने।

४– बिगत १० बर्ष देखि हुन नसकेको स्वबियू चुनावको लागि जुनसुकै हालतमा २०७६ फाल्गुन १४ गते भित्र स्वबियू चुनाव सम्पन्न गर्ने । यदि हुँदैन भने स्वबियू काउन्सिलको नयाँ अबधारणामा बहस गर्ने । नेविसंघ लगायतका विद्यार्थीसंघ पनि विद्यार्थी आन्दोलन स्वबियूको बारेमा बहस गर्नुपर्ने ।

५– नेपालमा आइपर्ने जोखिम ब्याबस्थापन, तत्काल राहत बितरण, श्रमदान उद्दार लगायतका बिषयमा काम गर्नका लागि र आवश्यक पर्दा पार्टी, रास्ट्र नेपाली जनताको हितका लागि तयारी अबस्थामा रहेको stf student task force को ब्यबस्थापन गर्ने ।

६– विद्यार्थी परिषद्को नयाँ अबधारणाको बिकास गर्दै पूर्व विद्यार्थी नेता, पूर्व विद्यार्थी, विदेशी विद्यार्थी, विद्यार्थी आन्दोलनसंग सम्बन्धित पार्टीको नेताकार्यकर्ता, विभिन्न पेसागत पूर्व विद्यार्थी लगायतका आदरणीय विद्यार्थी आन्दोलनका पूर्व नेताकार्यकर्ता कामरेडहरुलाई समेत एकताबद्द गर्दै विद्यार्थी परिषद्को अबधारणा विकास गर्ने ।

७– विभिन्न जिल्ला, भूगोल ,जाति , भाषाा, क्षेत्र,जनजाति, मधेश महिला दलित लगायत सम्पर्क बिभागहरुलाई जिम्मेवार ढंगले केन्द्रिय कमिटिको मातहतमा राखेर मजबुत बनाउने र ब्यबस्थित गर्ने ।

८– प्रत्येक क्याम्पसमा एउटा मात्रै भए पनि अनेरास्ववियू विद्यार्थी हेल्प डेस्कको बिकास गर्ने र तुरुन्तै क्याम्पस कमिटि निर्माणसँगै उचित ब्याबस्थापन गर्ने ।

९– सिटिभिटि ११-१२ को भर्ना प्रक्रियामा भइरहेको विभिन्न कलेजको भर्ना कार्यक्रमको निगमन चर्को शुल्क नियन्त्रण र छात्रवृत्तिको बारेमा गम्भीरतापूर्वक ढंगले छलफल गर्दै कार्यान्वयन गर्ने गराउने ।

१०– अनेरास्ववियूको प्रत्येक सदस्यले अनिवार्य रूपमा सदस्यता नविकरण, हप्ताको एक दिन अनिवार्य आफ्नो क्याम्पसमा सरसफाई र सम्भब भएसम्म प्रत्येक क्याम्पसमा अनिवार्य अनेरास्ववियू बाटीका निर्माण गर्नुपर्ने ।

अनेरास्ववियूको त्रिभुवन विश्वविद्यालयको जिम्मेवार कार्यकर्ता भएको नाताले अबको विद्यार्थी आन्दोलन नयाँ ढंगले अगाडि बढाउने चेतना निर्माण गर्दै अबको विद्यार्थी आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ । यदि साच्चिँकै विद्यार्थी आन्दोलनलाई एकपटक आन्दोलनको उचाइमा लग्नु छ भने सबै विद्यार्थीको चरित्र बोकेकाे तपाई हामी सम्पूर्ण विद्यार्थी साथीहरूले आजको दिनमा ठेक्का पट्टामा जाँदै गरेको, शैक्षिक माफियाकरण हुन लागेको विद्यार्थी आन्दोलन वास्तविक विद्यार्थी आन्दोलन बनाउन सकिन्छ । अबको अनेरास्ववियू मात्रै हैन सिङ्गो विद्यार्थी आन्दोलन कै नेतृत्व लिनुभएकोमा अनेरास्ववियूका आदरणीय संयोजक ऐन महरलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। (लेखक बुढा अखिल क्रान्तिकारी त्रिभुवन विश्वविद्यालयका सह–इन्चार्ज हुन्)

कमेन्ट गर्नुहोस्

error: Content is protected !!