भयानक बस दुर्घटनाः १५ को मृत्यु, २१ जना घाइते

मेक्सिको सिटी, साउन ३ । मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।

नायारिट सरकारका प्रवक्ताका अनुसार दुर्घटनामा मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । घाइतेहरुमा पनि धेरैजसो बालबालिका परेका छन् । राज्यको राजधानी शहर टेपिक र पुर्टो भालार्टा जोड्ने राजमार्गमा उक्त दुर्घटना भएको हो ।

दुर्घटना स्थानीय समय अनुसार बिहान ७ बजे भएको थियो । आगुवाकालिन्टेस राज्यबाट पर्यटक लिएर आइरहेको यात्रुबाहक बस कम्पोस्टेला शहरको नजिक पहाडी भेगमा दुर्घटनाग्रस्त भएको थियो । बस दुर्घटनाको कारण भने अझै स्पष्ट हुन सकेको छैन । सिन्ह्वा

कमेन्ट गर्नुहोस्

error: Content is protected !!