कांग्रेस आई नेतृ प्रियंका गान्धी गिरफ्तार

मिर्जापुर । सोनभद्रको उभ्भा गाउँ जाने जिद्दि गरिरहेकी भारतीय कांग्रेस आईकी नेतृ प्रियंका गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीसँगै कांग्रेस नेता अजय लल्लू पनि हिरासतमा छन् । उनीहरुलाई स्पेशल टास्क फोर्सको गाडीबाट चुनार गेष्ट हाउसमा लगिएको छ ।

प्रियंकाले भने आफू नझुक्ने बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सोनिया सोनभद्रको उभ्भा गाउँमा भएका हिंसामा घाइतेहरुलाई भेटनका लागि बनारस हिन्दू विश्वविद्यालयको ट्रमा सेन्टरमा आएकी थिइन । त्यसपछि उनी सोनभद्रका लागि हिडिन । प्रियंका मिर्जापुरको नारायणपुर नपुग्दै प्रहरीले उनको दस्तालाई रोक्यो । यसबाट रिसाएकी प्रियंका कार्यकर्तासँगै धर्नामा बसेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले चारैतिर अलर्ट जारी गर्दै सीमा सील गरेको छ ।

सोनभद्रमा गत बुधबारका दिन जग्गासम्बन्धी विवादमा १० जनाको हत्या भएको थियो । उक्त घटनामा २४ जनतालाई गिरफ्तार गरिएको थियो । मुख्य आरोपी ग्राम प्रधानलाई प्रहरीले हिरासतमा लिइसकेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!