जंगली हात्तीले बस्तीमा विध्वंश मच्चाउन थालेपछि स्थानीय त्रसित

दमक, साउन ३ । झापाको दमक नगरपालिकाको वडा नं‍.२ र ३ हात्तीबाट प्रभावित बन्न थालेपछि स्थानीय रातभर निदाउन नपाउने अवस्था सिर्जना भएको छ । केहि महिनायता दिनहुँजसो हात्ती बस्तीमा छिरेर विध्वंस मच्चाउन थालेको स्थानीयको भनाइ छ ।

स्थानीय हम्सेदुम्से सामुदायिक वनमा केही जंगली हात्तीहरु रहेको र रातको समयमा बस्तीमा छिर्दा त्रास पैदा गर्ने गरेको छ । हात्ती बस्तीमा छिरेपछि ने गरेको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाका अनुसार वडाध्यक्ष सापकोटाको टाँडेघरको तलको भाग सबै भत्काएको छ । रातको समयमा हात्तीको क्षति न्यूनिकरण गर्नका लागि प्रहरी परिचालन गरिएको र हात्तीलाई बस्तीबाट जंगलतर्फ खेदेको उनले जानकारी दिए ।

बिहीबार राती वडा नं.२ का वडाध्यक्ष प्रजापती सापकोटाको घरमा हात्तीले क्षति पुर्याएको छ । रातको २ बजेतिर आएको हात्तीले घरमा साथै अन्नपात नष्ट गरेको वडाध्यक्ष सापकोटाले बताए । हामी परिवारका सदस्य र गाँउले समेत रात जागै बसेर काट्नुपर्यो, वडाध्यक्ष सापकोटाले भने ।

गाँउमा एकदेखि तीनवटासम्म हात्ती देखिने गरेको र हात्ती लखेटनका लागि टोलीटोली बनाएर रातभर गस्ति गर्नुपर्ने अवस्था आएको वडा नं.२ का वडाध्यक्ष नवीन बरालले बताए । राँको बाल्नका लागि मट्टितेल वितरण, हात्ती आएको जानकारी दिनका लागि साइरन जडान जस्ता उपाय गरेपनि हात्तीको क्षति कम हुन सकेको छैन ।

हम्सेदुम्से सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिमालयप्रसाद दाहालका अनुसार रातको समयमा मात्र नभएर दिनमा समेत हिँडडुल गर्न समेत डराउनुपर्ने अवस्था छ । जंगलमा हात्ती रहने भएकाले घाँस दाउरा गर्न उपभोक्तालाई समस्या भएको र रातभर अनिदो बस्ने अवस्था आएको उनको भनाइ छ । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!