‘ससुराल सिमर का’ बाल कलाकारको दुर्घटनामा मृत्यु

रायपुर, छत्तीसगढको रायपुर जिल्लामा कार र ट्रक एक आपसमा ठोक्किँदा एकजना बाल कलाकारको मृत्यु भएको छ।

घटनामा तीन जना घाइते छन् । रायपुर जिल्लाका प्रहरी अधिक्षक आरिफ शेखले जनाए अनुसार, धरसीवाना थाना क्षेत्र अन्तर्गत कार र ट्रकबीच ठक्कर भएपछि कारमा रहेका टेलिभिजनका चर्चित बाल कलाकार शिवलेख सिंहको निधन भएको हो । उनी १४ वर्षका थिए ।

प्रहरीले घटनाको मुचुल्का तयार गरी आवश्यक कार्यवाही अगाडि बढाएको जनाएको छ । घाइतेहरुलाई अस्पताल लगिएको छ । अन्तर्वाता दिन उनी रायपुर जाँदै थिए ।
शिवलेख छत्तीसगठको जांजगीर चाम्पा जिल्ला निवासी शिवलेखको परिवार विगत दश वर्षदेखि मुम्बई बस्दै आएको थियो । शिवलेखले संकटमोचन हनुमान, ससुराल सिमरका लगायत कैयन अन्य टेलिभिजन धारावाहिकमा काम गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!